ललितपुरमा कृषि मेला आयोजना हुने

 

अर्गानिक कृषि उत्पादनमा जोड दिन आह्वान गर्दै शुक्रबारबाट दोस्रो राष्ट्रिय अर्गानिक कृषि मेला सुरु हुने भएको छ । ललितपुरमा पहिलो पटक चारदिने अर्गा्निक (प्रांगारिक) कृषि मेला हुन लागेको हो । ललितपुरको दरबार क्षेत्र संग्राहलयमा ४ दिनसम्म चल्ने मेलामा पाँचथर जिल्लामा उत्पादित अर्गानिक कृषि बस्तुको प्रर्दशनी हुनेछ । राज्यलाई अर्गानिक कृषि बस्तुको उत्पादनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सहज होस् भन्ने उदेश्यले मेला आयोजना गर्न लागिएको मेला आयोजक समितिकी संयोजक शान्ता बास्कोटा कोइरालाले जानकारी दिनुभयो । मेलामा अर्गानिक कृषि बस्तुको ५० भन्दा बढि स्टल रहनेछ । पाँचथरस्थित कञ्चनजंगा टी स्टेट एण्ड रिसर्च सेन्टरको संयोजनमा मेला आयोजना गर्न लागिएको हो । सेन्टर नेपालको अर्गानिक चिया उत्पादन गर्ने पहिलो उद्योगको रुपमा परिचित छ । आगामी शुक्रबारदेखि सुरु हुने उक्त मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्रांगारिक मल, च्याउ, डेरी उत्पादन, माछा, मासु, हर्वल उत्पादन, मसला, चामल, गहुँ, मकै, दाल, फापरलगायतका ५० वटा स्टलहरु राखिनेछ । त्यस्तै फलफूल, विउविजन, मह, तेल, राडी, पाखीलगायतका कृषि उत्पादनका सामानहरु मेलामा राखिनेछ ।