एसियाको प्रभावशाली सुचिमा कवाडीवली आयुषी सहित ६ नेपाली युवा नेपालबाट

फोब्र्स म्यागेजिनले प्रकाशित गरेको एशियाका ‘३० मुनिका ३०’ अर्थात ३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली एशियालीको सुचीमा नेपालका ६ जना युवाहरु छानिएका छन । एसियाका विभिन्न मुलुकका तीन सय जना प्रतिस्पर्धीलाई पछि पार्दै खालीसिसी डट कमका आयुषी के.सी,घाम पावर कम्पनीका एन्जल निरौला,इको सेर्लस इन्डस्ट्रीजका निशान श्रेष्ठ,सुवाष श्रेष्ठ र सुचित पंिडत ,सन्टेनेवल फिश फार्मिङका कन्चन अमात्य छानिएका हुन् ।

फोर्ब्सले हरेक वर्ष कला, प्रविधि, उपभोक्ता, व्यवसाय, विज्ञान, इ­कमर्श, सामाजिक उद्यमशिलता लगायतका विभिन्न १० विधामा उत्कृष्ट कार्य गरेका ३० वर्ष भन्दा कम उमेरका ३० जना सफल तथा प्रभावशाली व्यक्तिहरुलाई सुचीमा समावेश गर्दै आएको छ । सुचीमा समावेश हुनेहरुलाई फोर्ब्सले आउँदो जुलाईमा हङकङमा आयोजना गर्ने अन्तराष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर प्रदान गर्नेछ । विश्वभरीका लगानीकर्ता तथा सोही क्षेत्रमा क्रियाशिल संस्था तथा व्यक्तिहरुको सहभागिता रहने उक्त सम्मेलनमा सुचीकृत हुनेले नेटवर्किङ तथा लगानी जुटाउने अवसरका साथै एक अर्काका अनुभव साटासाट गर्न पाउनेछन् ।