शिक्षा मन्त्रालयले अनशनरत अस्थायी शिक्षक र विद्यार्थी समूहसंग वार्ता

 

शिक्षा मन्त्रालयले अनशनरत अस्थायी शिक्षक र विद्यार्थी समूहसंग आज वार्ता गर्दैछ । आउ“दो २३ गते शुक्रबारका लागि तोकिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा स्थगन गर्न माग गर्दै अनशन बसेका अस्थायी शिक्षक र खुल्ला प्रतियोगितामार्फत शिक्षक छनोट हुनुपर्ने माग गर्दै अनशन बसेका विद्यार्थीसंग आज वार्ताको तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ । हिजो शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको संयोजकत्वमा मन्त्रालयका प्रवक्ता डा. लम्साल र विभागका निर्देशक केशव दाहाल सदस्य रहेको तीन सदस्यीय समिति गठन भएको छ । समितिले दुवै पक्षसंग वार्ता गरी समाधानको उपाय खोज्नेछ । शिक्षक सेवा आयोगले आउ“दो २३ गते अस्थायी शिक्षकको परीक्षा गर्ने निर्णय गरिसकेको छ ।