उदयपुरमा बिपद्का बेला हुन सक्ने भ्रष्टचारको विषयमा युवासँग सम्वाद

उदयपुर जिल्लाको गाईघाटस्थित होटल कोहबरमा [Accountability Dialogue on Anti- Corruption and Disaster Management ] विषयक एक दिने संवाद कार्यक्रम सम्पन्न भएको छ । मेडिको ईन्टरनेशनल को सहयोग तथा डिफान उदयपुर, वोरेक उदयपुर र जिल्ला युवा संजाल उदयपुरको सहकार्य र नेपाल युवा संस्था संजाल (आयोन) को आयोजना भएको कार्यक्रममा त्रीयुगा नगरपालिका, बेलका नगरपालिका र रौतामाई गाउपालिका भित्र विभिन्न क्षेत्रमा कृयाशिल ६० जना युवाहरुको सहभागिता रहेको थियो । संवाद कार्यक्रम मा प्यानलिस्टका रूपमा बेलका नगर प्रमुख दुर्गा कुमार थापा, त्रियुगा नगर उप(प्रमुख देबि कुमारि चौधरि, यसै नगरका बडा नं ११ बिश्वराज भट्टराई, रौतमाई गाउपालिका प्रतिनिधि बडा अध्यक्ष खबिन्र्द राष्कोटि र युवा अभियान्ता राम बस्नेत रहेका थिए । साथै कार्यक्रममा जिल्लाका सामाजिकक्षेत्रका अगुवा, पत्रकार र युवा अभियान्ताहरूको समेत उपस्थिति रहेको थियो । विशेषगरी बिपद्का बेला हुन सक्ने भ्रष्टचारका बारेमा जानकारी गराउदै यस्लाई न्युनिकरण गर्नका लागि खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गरिएको थियो भने युवाहरूको अवसर, समस्या र आगामि कार्यदिशाका बारेमा समेत संबाद गरेको हो । युवा सम्बन्धि विभिन्न नितिगत कुराहरूको बारेमा, बजेट बिनियोजनका बारेमा सहभागी युवाहरुले राखेका विविध जिज्ञासा माथी प्रस्ट्याउदै प्यानलिष्ट बक्ताहरूले आ–आफ्नो स्थानीय तहलाई युवामैत्रि बनाउनका लागि प्रतिबद्ध भएको बताउनु भयो ।