फिल्म ‘लिलिबिली’को दोस्रो गीत सार्वजनिक

फिल्म ‘लिलिबिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । राजाधानीमा आइतबार पत्रकार सम्मेलन गरेर निर्माण टीमले लिलिबिलीको ‘हावा सरी’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा एस डी योगीले संगीत र दिपेन्द्र घिमिरेको शब्द रहेको छ भने स्वर संगीतकार ए.डी गायक योगी र मेनुका पौडेलले स्वर दिएका छन । कविराज गहतराजको कोरियोग्राफी र नायक प्रदिप खड्का र प्रियंका कार्कीको फिचरिङ गरेका छन् । मिलन चाम्प्सको निर्देशन रहेको छ। फिल्ममा गोविन्द शाही र सुदिप खड्काले लगानी गरेका छन् । फिल्ममा प्रदीपसहित जसिता गुरुङ, अनुप बिक्रम शाही, मनिष श्रेष्ठ, सबिन श्रेष्ठ, ध्रुव दत्तलगायतको अभिनय रहेको छ ।