२४ मार्च क्षयरोग दिवस

मार्च २४ अर्थात् विश्व क्षयरोग दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी क्षयरोग दिवस मनाइएको छ । नेपालमा विगतका वर्षहरु झै यसवर्ष पनि विभिन्न कार्यक्रम गरी मनँइयो । सन् १८८२ मा डा. रोबर्ट कोचले क्षयरोग लाग्ने ब्याक्टेरिया पत्ता लगाएको दिनको सम्झनामा २४ मार्चलाई विश्व क्षयरोग दिवसको रुपमा मनाइन्छ । या वर्ष ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिवद्धता, क्षयरोग मुक्त नेपालको सुनिश्चितता’ भन्ने नारासहित क्षयरोग दिवस मनाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्र ठिमीका अनुसार नेपालमा नया“ र पुराना गरी करिब ३२ हजार क्षयरोगका बिरामी छन् । जसमा खकारमा किटाणु देखिएकाहरु १७ हजार ६३५, क्षयरोग लागेको तर किटाणु नदेखिएको ५ हजार ८६३, फोक्सोबाहेक शरिरका अन्य भागमा किटाणु भएका ८ हजार ८५२ विरामीहरु छन । तीमध्ये १३ हजार उपचारको दायरामा नआउने गरेको केन्द्रले जनाएको छ । क्षयरोगबारे जनचेतना जोगाउने धेरै सरकारी निकाय तथा गरैसरकारी संघसंस्था छन् । क्षयरोगविरुद्धको अभियानले सफलता पाएपनि विश्वमा हरेक दिन क्षयरोगकै कारण ४ हजार ५०० भन्दा बढीको ज्यान जाने गरेको विश्व स्वास्थ्य संस्थाको तथ्यांक छ । क्षयरोगकै कारण सन् २०१६ मा विश्वमा १८ लाख मानिसको ज्यान गको थियो भने एक करोड ४ लाख नया“ बिरामी भेटिएका थिए । नेपालमा सरकारले क्षयरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । नेपालमा २०३५ सम्म क्षयरोग उन्मुलन गर्ने सरकारको लक्ष्य छ । यही नीतिलाई सफल बनाउन देशभरी ५ हजार १५६ केन्द्रबाट क्षयरोगको निःशुल्क उपचारको सेवा दिंदै आएको छ । क्षयरोगका विरामीलाई डाक्टरको प्रत्यक्ष निगरानीमा आधारित डट्स विधिबाट ३१ हजार ७६४ जनाको उपचार भैरहेको छ । यही प्रयासको फलस्वरुप सन् २०१४ पछि क्षयरोगको विरामीको संख्यामा केहि कमी आएको छ ।