पार्टी एकता कम्युनिस्ट पार्टी स्थापनाको दिन

वैशाख १० एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर वैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् । स्थापनापछि पटकपटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् । २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । २०१९ सालबाट फुट्न थालेको कम्युनिस्ट पार्टीका दुइटा मूलधारका रूपमा एमाले र माओवादी छन् । उक्त दिनसम्ममा एकता खाकालाई अन्तिम रूप दिन दुवै दलका कार्यदलले काम गरिरहेका छन् । एकतासम्बन्धी संगठनात्मक संरचना र सैद्धान्तिक राजनीतिक विषयसम्बन्धी गृहकार्य गर्न गठित कार्यदलले काम अन्तिम चरणमा र्पुयाइसकेको वरिष्ठ नेता तथा कार्यदल संयोजक माधवकुमार नेपालले बताउनुभयाृे छ । कार्यदल सदस्यमध्ये धेरै जना मन्त्री भएकाले केही दिनयता एकतासम्बन्धी छलफल अघि बढन सकेको थिएन । एकीकृत पार्टीको सबभन्दा माथि दुई अध्यक्ष रहनेछन् । त्यसबाहेक अन्य पदाधिकारी नराख्ने तयारी छ । अध्यक्षबाहेक स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति रहनेछन् । त्यसको आकार कत्रो हुने भन्नेमा अझै स्पष्ट खाका भने तयार भएको छैन । ९९ सयभन्दा कम वा तीन सय हाराहारीको केन्द्रीय समिति बनाउने दुई विकल्प बहसमा छन् । छरितो संगठनका लागि ९९ सय सदस्यीय केन्द्रीय समिति बनाउनुपर्ने धारणा धेरै नेताको छ । तर यसो गर्दा हाल केन्द्रीय सदस्य रहेका धेरै व्यक्ति पार्टी नेतृत्वबाट बाहिरिने भएकाले ३ सय बढीको केन्द्रीय समिति बनाउनुपर्ने धारणा पनि केहीको छ । केन्द्रमा पार्टी एकतापछि संगठन, प्रदेश, जिल्ला हँुदै तल्लो तहका संरचना पनि एकीकरण गर्दै लैजाने तयारी छ । केद्रकै एकता विधिअनुसार अन्य कमिटी एकीकृत गर्न सजिलो हुने दुवै दलको बुझाइ छ । दुई दलबीच गत असोजमा वाम गठबन्धन बनाएर चुनाव लड्ने सहमति भएको थियो । उक्त सहमति र फागुन ७ मा भएको एकतासम्बन्धी सातबुँदे सम्झौतालाई मूल आधार बनाएर एकता प्रक्रिया अघि बढाइएको छ । सहमतिअनुसार दुवै दलले माक्र्सवाद र लेलिनवादलाई पार्टीको मूल सिद्धान्तका रूपमा अवलम्बन गर्नेछन् । हाल एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्दै आएको माओवादबारे एकता महाधिवेशनसम्म छलफल गर्दै लैजाने सम्झौतामा उल्लेख छ । दुवैले शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धालाई मूल राजनीतिक लाइन बनाउने समझदारी पनि गरेका छन् ।