आज विश्व पानी दिवस

आज विश्व मौसम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । ‘वेदर रेडी क्लाइमेट स्मार्ट’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । भविष्यमा हुने क्षती न्यूनिकरणको लागि मौसमको पूर्व जानकारी लिनु आवश्यक छ भन्ने सन्देश दिन यो नारा तय गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भविष्यमा हुने लामो खडेरी, चट्याङ, हुरीबतासलगायतका मौसमी अवस्थाको बारेमा थाहा पाउन सकेमात्रै पनि क्षती कम गर्न सकिने विभागले जनाएको छ । विश्व मौसम संगठन सम्बन्धी महासन्धी कार्यान्वयनमा आएपछि सन् १९५० देखि हरेक वर्ष मार्च २३ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १९६६ मा नेपाल विश्व मौसम संगठनमा आवद्ध भएपछि नेपालमा मौसम पूर्वानुमानलगायत मौसम सम्बन्धी क्रियाकलापको थालनी भएको हो । अहिले नेपालका एक सय ३० वटा नदीमा स्वचालित जलमापन केन्द्र राखिएका छन् । यो आर्थिक वर्षभित्र थप १ सय ५० केन्द्र स्थापना गर्ने विभागको तयारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले १५ वटा स्टेशन मार्फत दैनिक तथ्यांक संकलनको काम गरिरहेको छ । आज पश्चिमी पहाडी क्षेत्रमा बेलकीपख मेघगर्जनसहित पानी पर्ने, कालो बादल लाग्ने र हावाहुरी पनि चल्ने अनुमान गरिएको छ ।