बारको १४ औं सम्मेलन,शुक्रबारबाट नेपालगञ्जमा

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको १४ औ“ राष्ट्रिय सम्मेलन आजबाट सुरु हु“दैछ । ‘स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिकाप्रति प्रतिबद्धता कानुन व्यवसायीको पेसागत दक्षता एवं सुनिश्चितता’ भन्ने नाराका साथ मध्यान्न १२ बजबाट नेपालगञ्जमा सुरु हु“दैछ । सम्मेलनमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मुद्दालाई प्रमुख एजेन्डा बनाइएको छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनलाई लिएर मुलुकमा बहस चलिरहेका बेला सुरु हुन लागेको राष्ट्रिय सम्मेलनमा बारले स्वतन्त्र न्यायपालिकाको मुद्दालाई प्राथमिकतामा राखेको आयोजकले जनाएको छ। । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा महान्यायधिवक्ता अग्नि खरेल, कायममुकायम प्रधानन्यायधिस दिवकराज जोशी लगायतको सहभागिता रहनेछ । छलफलमा मुलुकभरका करिब ३ हजार कानुन व्यवसायी सहभागी हुने एशोसियसनले जनाएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीको जन्ममिति विवादबारे मौन बसेको भन्दै बारको भूमिकाप्रति प्रश्न उठिरहेकै बेला सम्मेलन हुन लागेको हो । विभिन्न १० वटा विषयमा प्यानल बनाएर छलफल समेत हुने सम्मेलन तीनदिन सम्म चल्ने छ ।