कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने

प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा विहिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उमन्त्री शाहीले ६ नं प्रदेश गरिबी र आर्थिक अभावकाबिच अथाह सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै यसलाई नमूना प्रदेशका रपमा विकास गरि भ्रष्टाचार मुक्त प्रदेशका रुपमा परिचित गराउने बताउनुभयो । देशको कुल बजेटको आधा बजेट कर्णाली प्रदेशलाई उपलब्ध गराउन सके यसले देशको आर्थिक बिकासमा टेवा पुु¥याउने भन्दै शाहिले कर्णाली प्रदेशलाई स्वायत प्रदेशका रुपमा केन्द्र सरकारले कानुनमै सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको र यसले अवको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना बिभिन्न गतिबिधिलाई तिब्रताका साथ कार्यान्वयनमा ल्याउने बताउनुुभयो । कर्णाली प्रदेशलाई अर्गानिका प्रदेशका रुपमा बिकास गर्न र पूर्ण रुपमा बिषादी मुक्त बनाउने अभियानमा एक मात्र रहेको नाकालाई कडाई गरिन थालेको उहाँले बताउनुभयो