५३ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस

आज ५३ औ अन्र्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस । संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा हरेक वर्ष मार्च २१ मा यो दिवस मनाउने गर्दछ । नेपालले पनि सन् १९७१ मा यो सन्धि अनुमोदन गरेपछि यो दिवस मनाउ“दै आएको छ । जातीय विभेद तथा रङ्गभेद विरुद्धको ५३ औ अन्तराष्ट्रिय दिवस यो वर्ष पनि जनचेतनामूलक कार्यक्रम गरी विश्वसंगै नेपालमा पनि मनाएको छ । १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गर्दै आएको छ । सन् १९५९ मार्च २१ मा दक्षिण अफ्रिकाको तत्कालीन गोरा सरकारले काला जातिमाथि दमन गर्न रङ्गभेदी नीति लागू गर्दा भएको विरोध प्रदर्शनमा ६९ जनाको मृत्यु भएको थियो । उनीहरुकै संम्झनमा संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरेका थिए । महासन्धी पारित भएको एक वर्षपछि सन् १९६६ मार्च २१ देखि या दिवस मनाउ“दै आएको छ । नेपालले यो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । यो वर्ष जातीय विभेद विरुद्धको लडा“ईमा विविधताको लागि सहिष्णुता, समावेशिता, एकता र सम्मानको प्रवद्र्धन भन्ने विश्वव्यापी नारासहित यो दिवस मनाएको हो । दिवसका अबसरमा ¥यालीसंगै रतmदान , छलफल जस्ता विभिन्न कार्यक्रम गरेर मनाए । जातीय बिभेद अन्त्य गर्नुपर्ने, जातीय बिभेद गर्नेलाई कडा कारवाही गर्नुपर्ने लगायतका प्लेकार्डसहित ¥यालीमा सहभागी भएका थिए । २०६२÷६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसदले २०६३ जेठ १६ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । यस्तै जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ व्यवस्थापीका संसदबाट पारित भइसकेपनि जातिका आधारमा गरिने भेदभावमा कमी आउन सकेको छैन ।