एसइइ भोलिदेखि शुरु, विहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा

एस्इइ परीक्ष भोलिदेखि सुरु हु“दैछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाको तयारी पूरा भएको जनाएको छ । परीक्षाको तयारी पूरा भएको जानकारी दि“दै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला पठाउने काम सकिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । यसवर्ष नियमिततर्फ चार लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार गरी कूल चार लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हु“दैछन् । परीक्षाका लागि देशभरमा एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो । बिहान ८ देखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । प्राविधिकतर्फका परीक्षा चैत १४ गते शुरु भई २० गतेभित्र सकिने छ । परीक्षामा एक हजार ९५६ केन्द्रध्यक्ष, तीन हजार ९१२ सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक खटिने बताइएको छ । ताप्लेजुङका १५२ जना विद्यार्थी यस वर्षको एसइई परीक्षाबाट बञ्चित हुने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका कारण एसइई परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालयबाट परीक्षा आवेदन दिएका २ हजार २३४ जनामध्ये १५२ जना अयोग्य ठहरिएको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिनुभयो । जिल्ला कारागारमा रहेका एकजना कैदी परीक्षामा सामेल हुने जनाईएको छ । उनी भानुजन माविमा सञ्चालित खुल्ला विद्यालयका विद्यार्थी हुन् ।