आज मन्त्रिपरिषद विस्तार

सरकार गठन भएको झन्डै एक महिनापछि  हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली एमाले, माओवादी, संघीय समाजवादी फोरम र राजपासहित लिएर सरकारलाई पूर्णता दिने तयारी गरिरहेको छ । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने लगभग निश्चित भएपनि राष्ट्रिय जनता पार्टींसंग भने छलफल जारी छ । एमाले–माओवादीले यस अगाडि भागबन्डा गरेको मन्त्रालय संख्यामा दुबै पार्टीको एक–एकवटा घटाएर फोरमको व्यवस्थापन गर्ने तयारी भएको छ । एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय भाग आउनेछ । त्यस्तै राजपा सरकारमा आए उसले पनि दुई मन्त्रालय पाउनेछ । मन्त्रालयको संख्या र कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषयमा टुंगो लाग्न बा“की छ । आवश्यक परे मधेशवादी दललाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या पनि थप गर्ने तयारी भैरहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री कार्यालय सहित २५ मन्त्रालय गठन गर्न सक्नेछ । तर ओली सरकारले संघीय प्रशासनिक भार बढ्ने भएको भन्दै मन्त्रालयको संख्या घटाएर १८ वटा मन्त्रालय कायम गरेको थियो । अब मधेशवादी दललाई पनि समेट्न पर्ने भएकाले मन्त्रालयको संख्या २० देखि २१ सम्म कायम गर्ने तयारी छ ।