सीआईबीले एनसीसीमा छापा मा¥यो,सञ्चालक सहित ३० भन्दा बढि पक्राउ

केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा शुक्रबार छापा मारेको छ । काठमाडौंको बागबजारस्थित एनसीसी बैंकमा बोर्ड बैठक जारी रहेको बेला प्रहरीको टोलीले छापा मारेको हो । बैंक मर्जका बेला करिब २ अर्ब रुपैया“ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान गरिरहेको छ । प्रहरीले केहीवेरमै घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले जानकारी दिनुभएको छ । सीआईबी स्रोतका अनुसार प्रहरी ३० भन्दा बढी अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि, उनीहरुको विवरण अहिले सार्वजनिक गरिएको छैन ।