छिमेकीले चिर्पट प्रहार गर्दा श्रेष्ठ ठहरै

लम्जुङ, १९ मंसिर । राईनस नगरपालिका–९ कुडुले बस्ने ५५ वर्षीय हितमान श्रेष्ठको छिमेकीले दाउराको चिर्पट प्रहार गर्दा मृत्यु भएको छ ।
सोही ठाउँस्थित बाटोमा हिँडिरहेको अवस्थामा मंसिर ११ गते सोही ठाउँ बस्ने ३७ वर्षीय बेलबहादुर गुरुङले टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका श्रेष्ठको सामुदायिक अस्पताल बेशीसहरबाट मणिपाल अस्पताल पोखरा हुँदै न्यूरो अस्पताल बाँसबारी काठमाडौं लगिएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
अभियुक्त गुरुङ हाल फरार रहेकोले खोजी कार्य गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।