१०८ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा भएका रोचक काम

 

नेपालको सन्दर्भमा होस् या विश्व बजारमा कुनै पनि दिवस वा पर्वहरुमा , यदि पर्व भए साँस्कृतिक झाँकि सहितको ¥याली र कुनै दिवस भए ठुला होटलहरुमा ठुला व्यतिmहरुको सहभागितामा ठुला नारा तर आम सर्व साधरणका लागि शुन्य उपलब्धि हुने तितो यर्थात हामी माझ छ । यो वर्ष पनि त्यस्तै नभएको भने होइन ठुला होटलहरुमा कार्यक्रमहरु सहित नै सम्पन्न भयो यो वर्षको अन्तराष्ट्रिय महिला दिवस । तर अपवादमा भनौ या सकरात्मक परिवर्तनको सुरुवात १०८ औ महिला दिवसको अवसरमा केहि जुझारु युवा महिलाहरुको अगुवाइ र नेतृत्वमा केहि उत्कृष्ठ काम पनि भए । त्यसै मध्येका एउटा कार्यक्रम हो दिदीबहिनीहरुलाई स्यानेटेरी प्याड वितरण । ँझबभि थ्यगतज ल्भउब िका पदाधिकारीहरुले प्रदेश नं २ का विभिन्न गाउँहरुमा पुगेर निशुल्क सेनेटरी प्याड बितरण गरे । यो हेर्दा सामान्य लाग्न सक्छ तर यसले पक्कै पनि आम दिदीबहिनीहरुमा केहि न केहि सन्देश पक्कै दिन्छ यसमा कुनै दुई मत नहोल ।
पुरुष प्रदान समाजको नामबाट चिनिएको नेपाली समाज सबै क्षेत्रमा पुरुष अघि भए पनि हाम्रो घरमा आउने पाहुना टार्ने काममा होस् या हामीलाई विद्यालय जाने बेला टिफिन अनि आफन्तकोमा जाने बेला लगिने कोशेली त्यति मात्र होइन घरको सबै काम महिलाले नै गर्ने गर्दछ । यहि कुराहरुलाई ध्यानमा राखि महिलाहरुमा वित्तिय व्यवस्थापन र उनीहरुको भुमिकाप्रति सचेत गराउने उदेश्यका साथ महिलाहरु को लागि वित्तीय साक्षरताका विषयमा छलफल आयोजना गरे हाम्रो इन्र्टरप्रेनर्श नेपालका  पदाधिकारीहरुले । युवा नेताहरु र विद्यार्थीहरुको उपस्थितिमा वित्तीय निर्णयमा महिलाहरुको भूमिका जस्तै, आधारभूत पारित संस्कृति वित्तीय अवधारणाहरु बच्चाहरु लाई बचत र व्यय, परिवार मा पुरुष र महिला द्वारा आर्थिक योगदान, साथ साथै महिलाहरु र वित्तीय साक्षरता को गतिशील भूमिका लगयातका विषयमा जानकारी गराए ।