विश्वले चिनेको शेर्पा समुदाय आफनै देशमा चिन्न सकिरहेको छैन,शेर्पा समुदायको विकासका लागि जस्तो सुकै सहयोग गर्न तयार “गृहमन्त्री बादल”

गृहमन्त्री राम बहादुर थापा बादलले नेपाललाई विश्वसामु चिनाउन सफल र विश्वले चिनेको शेर्पा समुदाय आफनै देशमा हरेक क्षेत्रमा पछाडि परेको र राज्यले पनि चिन्न नसकेको बताउनु भएको छ । नेपाल शेर्पा बिद्यार्थी संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको लोसार साँझ कार्यक्रममा उहाँले शेर्पा समुदाय पनि राज्यको हरेको क्षेत्रमा अगाडि आउनु पर्ने बताउदै यस समुदायको विकासको लागि आफनो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ । शेर्पा समुदायको भाषा,धर्म,संस्कृतिको बिकास र जगेर्ना गर्दै शैक्षिक क्षेत्रमा बिद्यार्थीलाई अग्रसर गराउने उदेश्यको साथ विद्यार्थी संघले विभिन्न खालका कार्यक्रमहरु गर्दै आएको छ । स फो खि लो २१४५ औ ग्याल्पो लोसारको अवसरमा फागुन २६ गते शनिबार राम नगर पार्टी भेन्यू बौद्घमा आयोजना भएको कार्यक्रममा विभिन्न ब्यतिmत्वहरुलाई सम्मान साथै शेर्पा समुदायका १८ जना विद्यार्थीहरुलाई छात्रवृति समेत वितरण गरिएको थियो । कार्यक्रममा हिमालयन शेर्पा संस्कृतिक केन्द्रका कलाकारहरुले श्याबु्र साथै चर्चित कलाकार रोज मोतmान ,धिरज राई शेर्पा समुदायको चर्चित कलकारहरु लाक्पा अमोद,छिरिङ शेर्पा, गोन्पो शेर्पा,ओङमु शेर्पा दावा के शेर्पा लगायतका कलाकारहरुले आफनो प्रस्तुति दिएका थिए ।