स फो खि लो २१४५ औ ग्याल्पो लोसारमा शेर्पा समुदायको श्याब्रुसँगै अधिकांश मञ्चहरु शेर्पा कलाकारले नै तताए

विदेशमा
मलेशिया
शेर्पा किदुग मलेशियाले फुवु्रवरी १६ तारिकका दिन आयोजना गरेका ग्याल्पो लोसार बृहत साँस्कृति साँझमा शेर्पा समुदायका स्थानीय कलाकारसँगै समुदायका उदयमान गायक आङफुरी शेर्पा,ओङमु शेर्पा विश्व किर्तिमानी डि.जे छेवाङ शेर्पाको पहिलो पटक डिजेइङको अनुभवमा  दर्शक रमाएका  थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी निम्लेकी शेर्पाले गरेकी थिइन ।

युएई
शेर्पा कदिुग युएईले फेव्रुवरी १६ मा युएई को आवुदावीमा गरेका कार्यक्रममा स्थानीय कलाकारहरुसँगै चर्चिक गायिका डोमा शेर्पा, टिन्छेन फामा चलचित्रका नायिका छिरिङ डोल्मा शेर्पा र मोडल जाङमु इन शेर्पाले दर्शकलाई मनोरन्ञन दिएका थिए ।

बहराइन
शेर्पा कदिुग बहराइनले आयोजना गरेका लोसार साँस्कृतिक कार्यक्रममा शेर्पा समुदायको श्याव्रुसँगै चर्चित कलाकार छिरिङ शेर्पाले मञ्च दर्शकलाई रमाइलो गराए ।
साइप्रस

शेर्पा किदुग साइप्रसले आयोजना गरेको लोसार कार्यक्रममा शेर्पा समुदायका शेर्पाको छोरो हिरो नवगायक गोन्पो शेर्पा त्यस्तै चर्चित कलाकार सोनाम शेर्पाले इजराइलमा बस्दै आएका लासारप्रेमी नेपालीहरुले नचाए ।

दोहा कतार
शेर्पा किदुग दोहा कतारले दोस्रो पटक आयोजना गरेको लोसार बिशेष साँस्कृति कार्यक्रममा दोहामा नै रोजगारीका शिलशिलामा पुगेको स्थानीय शेर्पा कलाकारहरुले लोसारलाई भब्य रुपमा मनाए ।
अमेरिका
शेर्पा किदुग अमेरिकाले आयोजना गरेको लोसार विशेष कार्यक्रममा शेर्पाृ समुदायको श्याब्रुसँगै स्थानीय कलाकारहरुको साथमा उदयमान कलाकार आङफुरी शेर्पा कार्यक्रम सञ्चालिका डोल्मा शेर्पाले त्यहाँ भएका दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

बेलायत
शेर्पा संघ बेलायतले स फ खि लो २१४५ औ ग्याल्पो लोसारको अवसरमा आयोजना फेव्रुवरी २४का दिन फानबोरोमा आयोजना गरेका कार्यक्रममा पनि स्थानीय कलाकारहरुसँगै चर्चिक गायिका एपी शेर्पा, र चन्द लामाले दर्शकलाई मनोरन्ञन दिएका थिए ।

 

 

 

 

काठमाडौ
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले आयोजना गर्दै आएको लोसार गुथुक साँझ तथा साँस्कृतिक कार्यक्रममा चर्चित गायक गोम्बु शेर्पा ,गायक लाक्पा अमोद,दावा के शेर्पा,आङ तेन्जिङ शेर्पा ,गोन्पो शेर्पा,छिरिङ शेर्पा बाल कलाकार लोप्साङ छोदेन शेर्पा लगायतका कलाकारहरुले दर्शकलाई नचाए ।

संखसवासभा
हिमालयन शेर्पा साँस्कृतिक केन्द्र जिल्ला कार्यसमिति संखुवासभाले आयोजना गरेको लोसार पिकनिक तथा साँस्कृतिक धामाका २०७४ मा पनि गायक उमङ लामा सहित शेर्पा समुदायका कलाकारहरु टिन्छेन फामा निर्देशक तथा कलाकार आङ ङिमा शेर्पा कुङगा,छिरिङ शेर्पा,पासाङ शेर्पा ,आवज शेर्पा,कार्यक्रम सञ्चालिका निम्लेकी शेर्पा सहितको कलाकार टोलीले दर्शकलाई नचाएका थिए ।

ओखलढुङगा
ओखलढुङगाको खिजिफलाटेमा आयोजना भएको वृहत लोसार साँस्कृति कार्यक्रममा गायक गोम्बु शेर्पा सहित अधिकांश शेर्पा सम्ुदायको कलाकारहरुले ओखलढुङगाबासीलाई नचाए ।
दोलखा
दोलखाको मार्वूमा आयोजना भएको कार्यक्रममा स्थानिय कलाकारहरुको प्रस्तुति सहित गायक लाक्पा शेर्पा अमोद र कार्यक्रम सञ्चालिका फुर्किमा शेर्पाले मार्वुवासीलाई नचाए ।