सीसीएल कप २०१८ मा शारिरीक रुपमा अशतm नेपाली खेलाडीले पनि देखाए आफ्नो खेल,विश्वकप खेल्ने योजना

शारिरीक रुपमा अशतm नेपाली खेलाडीहरुले भारतमा आयोजना भएको सीसीएल कपमा पहिलो पटक सहभागिता जनाएका छन । भारतको विराशा विश्वविद्यालयको प्राङगणमा आयोजना भएको खेलमा नेपाल र भारतका खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । पहिलो पटक आयोजना भएको यो खेलमा भारतले ९ वीकेट सहित जीत हाँसिल गरेता पनि नेपाली खेलाडीहरुको प्रस्तुति पनि उत्कृष्ट रहेको खेलाडी संयोजक छुल्टिम शेर्पाले जानकारी दिनुभयो । आगामी दिनमा आयोजना हुने खेलमा नेपालको पनि सहभागिता र भविष्यमा नेपालका अपाङगता भएको विभिन्न विधामा नेपाली खेलाडीहरुले पनि विश्व प्रतिस्पर्धामा जाने आशाका साथ यो खेलमा सहभागि भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।