राजदुतावासबाट तेक्वान्दोलाई सम्मान

 

मलेसियामा राजदुतावास सहित विभिन्न संघ सस्थाले तेक्वान्दो गुरु तथा खेलाडीहरुलाई सम्मान गरेको छ । मलेसियामा मार्च १ तारिख देखि ४ सम्म आयोजना गरिएको (धयचमि तबभपधयलमय mबबिथकष्ब यउभल अजबmउष्यलकजष्उ न्ज्ञ ( द्दण्ज्ञड) पोत्राजाया अन्तर्रा्ष्ट्रिय कन्भेन्सन सेन्टरमा भएको खेलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै मलेसिया पुगेका ७ जना होनहार नेपाली तेक्वान्दो खेलाडीहरु र ३ जान तेक्वान्दो गुरुहरुलाई सम्मानित गरेका हुन् । नेपाली राजदुतावासको प्राङ्गणमा दूतावासका कार्यवाहक राजदूत कुमार राज खरेल र द्धितिय सचीव प्रेम राज गौतमले खेलाडीहरु लाई भब्य स्वागत गरेका थिए भने खेलको बारेमा नेपाली खेलाडीहरुको स्थिती तथा समसमायिक बिषयमा अन्तरक्रिया समेत समेत गरेको छ । नेपाली प्रवासी सितोरियो कराते संघ मलेसिया, नेपाल आदिवासी जनजाती महासंघ मलेसिया र तामाङ बौद्ध महासंघ मलेसियाले राजधानी क्वालालम्पुरमा संयुक्त रुपमा आयोजना गरेको एक भब्य सम्मान कार्यक्रममा खेलाडीहरु सम्मानित भएका हुन । सम्मानित हुनेहरुमा नेपाल तेक्वान्दोका प्रमुख प्रशिक्षक तथा उप(अध्यक्ष नन्द कुमार राई ,अन्तर्रा्ष्ट्रिय रेफ्री तथा सचीव नवीन कुमार क्ष्रेष्ठ ,नेपाल तेक्वान्दो संघका प्रशिक्षक विशाल रायमाझी ,त्यसै गरि खेलाडीहरुमा क्रमशः भुपेन क्ष्रेष्ठ ,कल्पना चौधरी,उज्ज्वल गुरागाई ,रन्जन श्रेष्ठ ,उमेश राज भण्डारी ,मनोज मल्ल ,अस्मिता खड्का लगायतका खेलाडीहरु रहेका छन ।

सबै खेलाडीहरुलाई नेपाली प्रवसी सितोरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईराला ,आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष फूपू तेम्बा शेर्पा (पिटि शेर्पा पिनासा),प्रवासी थारु सेवा समाज मलेसियाका संस्थापकरसंरक्षक तथा आदिवासी जनजाती महासंघ मलेसियाका उप(अध्यक्ष घनश्याम चौधरी उर्फ (आर एन चौधरी थारु ),तामाङ बौद्ध महासंघ तथा प्रवासी कराते संघका महासचिव सोनाम नोर्बु तामाङले संयुक्त रुपमा दोसल्ला ओढाइ सम्मान पत्र प्रदान सहित सम्मान गरेको तामाङ बौद्ध महासंघ मलेसिया एवं नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाका महसचिव सोनामनोर्बु बोम्जन तामाङले जानकारी दिनभयो ।
ओपन तेक्वान्दो च्याम्पियनसिपको महिला सिनियर ४९ केजीमुनिको खेलमा शनिबार तेक्वान्दोकि खेलाडी नेपालकी अस्मिता खड्काले कांस्य जितेको उपलक्ष्यमा सम्मान कार्यक्रममा उपस्थितहरुले उहाँलाई बधाई समेत दिइएको थियो । सोनाम नोर्बु तामाङले संचालन गरेका सो सम्मान कार्यक्रमा मलेसियामा रहेका करातेका नेपाली खेलाडीहरु दोर्जे तामाङ,भिम महरा,राम तामाङ,तुलाराम धामी ,मनिकुमार थापा मगर लगायतको उपस्थिति रहेको थियो । खेलाडीहरु लाई भब्य सम्मान, स्वागत गर्नुको साथै नेपाली रेष्टुरेन्ट मण्डलामा खाना र खाजाको ब्यवस्था समेत गरिएको थियो।