नेपाली चेली दावा नेपालको कफि प्रवद्र्धनका विश्वको अग्लो स्थानबाट आह्वान गर्ने ,मिस शेर्पासंगै सरकारी निकायदेखि शेर्पा कलाकारहरु एउटै मञ्चमा पहिलो पटक

हाम्रो सगरमाथा हाम्रो गौरब, कृषि विकासमा हाम्रो पौरख’ भन्ने मूल नाराका साथ दोलखाकी दाफुटी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै छन । सगरमाथा आरोहण अभियानकै सिलसिलामा शनिबार दाफुटीको लागि जी स्टार इभेन्ट मेनेजमेन्टले राजधानीको रोल्वालिङ साँस्कृतिक सेवा समाज सरस्वतिनगर कपनमा एक साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मिस शेर्पा सोनाम डोल्मा शेर्पाले आफनो पुरस्कारबाट आएको रु पाँच हजार रुपैया दावाको लागि खटाइन भने विभिन्न भेगका शेर्पाहरुले आ–आफनोतर्फबाट आफुले सकेको आर्थिक सहयोग समेत गरेका थिए । कार्यक्रममा कृषि मन्त्रालयको उप–सचिव अनिल आचार्यले कृषि र विश्व बजारमा उत्कृष्ट मानिएको नेपाली कफिको प्रवद्र्धन लागि एक महिला युवाले चालेको कदमको प्रशंशा गर्दै आफुहरुको तर्फबाट सकेको जति सहयोग गर्ने बताउनुभयो । उहाँले शेर्पा समुदाय र हिमाल एक अर्काको परिपुरक भएको बताउदैन आफनो पुर्खाले गर्दै आएको हिमाल आरोहण र देशको मेरुदण्ड मानिएको कृषिलाई एकसाथ लैजाने दाफुटीको सोचप्रति आफुहरु नतमस्तक रहेको बताउनुभयो ।

बिगत केहि वर्षदेखि कफी बनाउने तालिम दिँदै आएकी दाफुटीले नेपाली कफीलाई सगरमाथा आरोहणसँगै विश्वव्यपीकरण गर्न अवश्यक भएकोले आफनोतर्फबाट भएपनि यो कदम चालेकी हुन् । उनले हाम्रो मुलुक कृषिप्रदान देश भएर पनि नेपाल र नेपालीले कृषिलाई सही ढङ्गले उपयोग गर्न नसकिरहेको अवस्थासंगै नेपालको कफि विश्व बजारमा उत्कृष्ट भए पनि यसको बजार लिन सकिरहेको छैन त्यसैले केहि मात्रमा भए पनि ध्यान जानक सक्क छि भनेर यो अभियानमा लागेको बताउछिन । कृषि उत्पादन बढाउने अभियानका रूपमा आफ्नो सगरमाथा आरोहणलाई सफल पार्न सबैसँग सहयोगको अपेक्षा समेत गरेकी छिन ।
नेपाल शेर्पा संघका अध्यक्ष ए.डि लामा शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा शेर्पा संघसंस्थाका प्रतिनिधीहरुको काक्लो उपस्थिति थियो । पत्रकार सम्मलेन तथा सहयोग संकलन नाम दिइएको कार्यक्रममा शेर्पा समुदायका चर्चित शेर्पा युवा कलाकाहरुको उपस्थिति थियो भने सम्भवता पहिलो पटक सबै कलाकारहरु एउटै मञ्चमा यसरी जम्मा भएको थिए । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका कलाकार साथै सबै कलाकारहरुले आ–आफनो प्रस्तुतीबाट दर्शकलाई नचाएका थिए ।
कार्यक्रमको ब्यवस्थापन आचार्य कर्मा रिन्जेन शेर्पा, विश्व किर्तीमानी डि.जे छेवाङ शेर्पा,समाजसेवी तथा न्यु शेर्पा रेष्टेरेन्टका प्रवन्धक तेन्जिङ शेर्पा लगायतको ब्यतिmहरुको सहयोगमा आयोजना गरिएको थियो ।