पाठ्यपुस्तकको हेलचेक्राइप्रति विद्यार्थी संघको अग्रिम  ध्यानाकर्षण  पत्र

 

नेपाल विद्यार्थी संघले शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्यपुस्तक नपाउने अवस्था बारम्बार दोहोरिएकाले यस वर्ष समयमै उपलब्ध गराउन माग गर्दै जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको ध्यानाकर्षण गराएको छ । संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा मंगलबार लिमिटेडको कार्यलय भक्तपुर पुगि जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका निर्देशक सुजन नेपाललाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन । विगतका वर्षमा पुस्तक छपाइमा ढिला हुँदा दुर्गम जिल्लाहरुमा शैक्षिक सत्र शुरु भएको महिना पछि मात्रै पाठ्यपुस्तक पुग्नाले पठनपाठन प्रभावित हुँदै आएको छ ।

त्यसैले विद्यार्थी संघले ध्यानाकर्षण पत्र बुझाउँदै महामन्त्री काफ्लेले समस्या आइसकेपछि गुनासो गर्नुको अर्थ नहुने भन्दै यसवर्ष समयसमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्ने व्यवस्थाका लागि आफुहरुले यसप्रति ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले विद्यार्थीहरुले शैक्षिक सत्र शुरु हुँदा पाठ्यपुस्तक नपाउने अवस्था दोहोरिन नदिन नेविसंघ सचेत गराएको पनि स्पष्ट पारे । “संसारले शिक्षाको क्षेत्रमा धेरै विकास गरिसकेको छ । हामी वर्षेनी पाठ्पुस्तक नपाएको गुनासोमै अल्झिएका छौं,” महामन्त्री काफ्ले भने,“यसवर्ष यस विषयमा ध्यान नदिई आफुहरु कडा रुपमा प्रस्तुत हुन बाध्य समेत स्पष्ट पार्नु भयो ।
नेविसंघले सार्वजनिक विद्यालय सुधार (साविसु) अभियान नै चलाइरहेको छ । त्यस क्रममा विभिन्न जिल्लामा अन्तरक्रिया गर्दा पाठ्यपुस्तकको समस्याबारे गुनासो आएकाले जनक शिक्षामा ज्ञापनपत्र बुझाएको अभियानका संयोजक सुमनराज पाण्डेले बताए ।