अमेरिकामा शेर्पा भाषाको चलचित्र टिन्छेन फामा

शेर्पा भाषामा निर्माण भएको चलचित्र टिन्छेन फामा अमेरिकाको विभिन्न शहरहरुमा प्रदर्शन हुने भएको छ । अमेरिकाको विभिन्न शहरहरुमा तीन महिनासम्म प्रदर्शन हुने चलचित्र यहि मार्च २५ तारिख र अप्रिल १ तारिखका दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म र ३ बजेदेखि ५ बजेसम्म शेर्पा किदुग अमेरिककाको हलमा प्रदर्शन हुने किदुगका अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिनुभएको । फिल्म प्रर्दशनका लागि आवश्यक सामाग्रीहरु अमेरिका पठाइसकेको फिल्म निर्देशक आङ कुङगा ङिमा शेर्पाले बताउनु भयो । निर्देशक शेर्पाले यो चलचित्रबाट पाइरहेको साथ सहयोग र अझै सबैले फिल्मलाई माया गरि हेरिदिनु भएमा अझै अर्को चलचित्र पनि बनाउने योजना रहेको पनि जानकारी दिनुभएको छ। आफनो भाषा संस्कृतिको संरक्षण तथा संवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ शेर्पा भाषा र सँस्कृतिमा आधारित भई निर्माण भएको शेर्पा भाषाको चलचित्र टिन्छेन फामाले अविभावकको महत्वलाई दर्शाउन खोजिएको छ । शेर्पा म्युजिक वल्र्डको पहिलो प्रस्तुति तथा कलाकार आङ कुङगा ङिमा शेर्पाको कथा तथा निर्देशन रहेको चलचित्र टिन्छेन फामामा निर्देशक आङ  ङिमा शेर्पा कुङगा  सहित शेर्पा समुदायकै कलाकारहरुको अभिनय रहेको छ ।चलचित्र  निर्देशक आङ ङिमा शेर्पा कुङगा ,समाजसेवी तथा युवा उद्यमी तेन्जिङ शेर्पा,साथै चलचित्रका नायक  छोङबा शेर्पा र कुङगा शेर्पाको संयुत लगानीमा  निर्माण भएको हो । चलचित्रमा पछिल्लो समय युवापुस्तालाई आफनो धर्म, कला, संस्कृतिप्रतिको महत्वप्रति सजग गराउन खोजिएको छ । चलचित्रका अधिकांश सुटिङ हिमाली क्षेत्रमा गरिएको छ ।