मनमोहनमा ३० करोडको कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवन बन्दै

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको शुक्रबार प्रधानमन्त्री के.पि शर्मा ओलीले शिलान्यास गरेका छन् । काठमाडौंको महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको २३ आना जग्गाभित्र मनमोहन सेन्टर एनेक्स भवन निर्माण गर्न लागिएको हो । भवन तथा सहरी विकास विभागको अगुवाईका निर्माण गर्न लागिएको भवन १९ महिना भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ । भवन निर्माणका लागि सरकारले ३० करोड रुपँैया बजेट विनियोजन गरिसकेको छ । कार्यक्रममा बोल्दै प्रधामन्त्री के.पी शर्मा ओलीले सरकारले ढिला नगरी मुलुकको आवश्यक्ता अनुसारको शैक्षिक जनशक्ति उत्पादन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । उहा“ले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रको विकासका लागि सरकारले आवश्यक्ता अनुसारको जनशक्ति उत्पादन गर्ने विधि र प्रक्रियाको विषयमा गम्भिर छलफल भइरहेको पनि स्पष्ट पार्नु भयो ।
। नया“ भवनमा अन्य सुविधास“गै ४० शय्या थपिनेछ । यसमध्ये रहने एउटा ‘स्वीट’मा अति विशिष्ट व्यक्तिहरुको उपचारका लागि हुनेछ भने हाइव्रिड अपरेसन थियटर निर्माण तथा क्याथ प्रोसिडियोर र शल्यचिकित्सा एकैपटक समेत गर्न सकिनेछ ।