कान्तिपुर विरुद्धको मुद्धा किन आइताबार ?

अदालतको अवहेलना सम्बन्धी कान्तिपुर दैनिक विरुद्धको मुद्दाको बयान आइतबारका लागि सरेको छ । शुक्रबारसम्म बयानका लागि अदालतमा उपस्थित हुन आदेश दिएको सर्वोच्च अदालतले समय अभावको कारण देखाउ“दै आइताबारका लागि सारेको हो ।जन्ममिति ,नागरिकता साथै शैक्षिक योग्यतामा समेत गम्भीर प्रश्न उठेपछि त्यसबारे आएको समाचारप्रति आपत्ति जनाउ“दै प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रेस माथि नै सेन्सरसिप लगाउने खालको आदेश सहित कान्तिपुरलाई ७२ घण्टा भित्र आफैं उपस्थित भई बयान दिन आदेश जारी भएको थियो । बयानका लागि कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलास सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवाली अदालत पुग्नु भएको थियो । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलास सिरोहिया, प्रधान सम्पादक सुधीर शर्माले अदालतको सम्मान गर्दै आइताबार पुनह बयानका लागि अदालतमा उपस्थित हुने बताउनुभयो भएको छ । बयानका लागि नागरिक समाज,विभिन्न सञ्चार गृहका सञ्चालक तथा राजनितिक दलका ब्यतिmहरुको पनि उपस्थिति जनाएका थिए । आफनो मुद्दामा आफैं न्यायाधीश हुन नपाउने प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन गर्दै जारी भएको पराजुलीको आदेशको सर्वत्र आलोचना समेत भइरहेको छ ।