नेपाल चलचित्र श्रमिक संघको छैटौं काठमाडौं जिल्ला अधिवेशन सम्पन्न

सेर्कु शेर्पा
२०७४ फागुण १२
ऐतिहासिक छैटौं नेपाल चलचित्र श्रमिक संघको काठमाडौं जिल्ला अधिवेशन नेपाल चलचित्र श्रमिक संघको केन्दिय अध्यक्ष तारा नाथ दाहालज्युको प्रमुख अथित्यमा बनेश्वार स्थित केन्द्रिय कार्यालयमा आज सम्पन्न भएको छ। अधिवेशनबाट निर्विरोध अध्यक्षमा सुजन राई, उपाध्यक्षमा अन्जाना श्रेष्ठ, सचिवमा मनीष डंगोल र कोषाध्यक्षमा राजेस राणा सर्वसम्मत नियुक्त भएको नेपाल शेर्पा विध्यार्थी संघको केन्द्रिय उपाध्यक्ष आङ निमा शेर्पाले जानकारी दिनु भएको छ । नव नियुक्त काठमाडौ जिल्ला अध्यक्षले आगामी दिनमा संघसंगठनलाई मजबुत दृष्टिकोणले हेर्ने धारणा राखेको थियोे भने सचीवले मजदुरसंगै मिलेर काम गर्ने धारणा राखेको पनि शेर्पाले जानकारी दिनु भएको छ ।