विद्यार्थी संगठनको अनुगमन शुन्य उपलब्धि

मह“गो शुल्क लिएका मेडिकल कलेजहरुको अुगमनमा उत्रेका विद्यार्थी संगठनहरुसंग कलेज प्रशासनको समन्वय शुन्य देखिएको छ । अनुगमनको दोस्रो दिन नेपाल मेडिकल कलेज पुगेका विद्यार्थीहरुको प्रयास उपलब्धिहिन भएको छ सरकारले निर्धारण गरेको शुल्क भन्दा बढी शुल्क कलेजहरुले लिएको भन्दै विद्यार्थीहरुले विद्यार्थी संगठनहरुसंग गरेपछि अनुगमन सुरु भएको थियो । बिहिबारबाट तीन वटा ठूला विद्यार्थी संगठनहरु अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी र नेविसंघको संयुक्त रुपमा सुरु गरेको अनुगमनलाई कलेज प्रशासनले असहयोग गरेका हुन् । पत्रकार सम्मेलन नै गरेर अनुगमनमा उत्रिएका विद्यार्थी संगठनका नेताहरुको दुवै दिनको प्रयत्न असफल भएको छ । अनुगमनको पहिलो दिन ललितपुरका ग्वार्कोमा रहेको किष्ट मेडिकल कलेजमा पुगेका थिए विद्यार्थी नेताहरु । तर त्यहांका प्रशासन प्रमुख आफुहरु पुग्नासाथ भागेको विद्यार्थी नेताहरुले आरोप लगाएका छन् । उनीहरुले प्रशासनले सहयोग नगरेको भन्दै कलेज परसरमा नै नाराबाजी समेत गरेका थिए ।

 

अनुगमन उपलब्धि शुन्य भएपछि उनीहरुले कलेज प्रशासनमा ताला नै लगाउने चेतावनी दिएका छन् । अनुगमनको दोस्रो दिन विद्यार्थी नेताहरु काठमाडाकोै अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज पुगे । तर, त्यहा पनि कलेज कलेजका प्रमुखहरुसंग भेट हुन सकेन । अनुगमनमा समन्वय नगरेकाले कलेजले कालोबजारी गरिरहेको प्रमाणित हुने भन्दै विद्यार्थी नेताहरु आक्रोशित भए । सरकारले तोकेको भन्दा दोब्बर शुल्क लिएको उजुरी परेकाले विद्यार्थी संगठनहरु कलेजको मनपरी कार्यको विरोधमा उत्रिएका हुन । उनीहरुले कलेज प्रशासनबाट समन्वय नभए कलेज खारेजी सम्मको चेतावनी दिएका छन ।
सरकारले एमबिबिएस अध्ययनका लागि ३८ लाख ५० हजार र बिडिएस अध्ययनका लागि १९ लाख २५ हजार रुपैया“ निर्धारण गरेको छ । तर मेडिकल कलेजहरुले भने विद्यार्थीहरुसंग त्यो भन्दा बढि शुल्क लिइरहेका उनीहरुको आरोप छ ।