धेरै शुल्क लिएका कलेजहरु नसच्चिए भोटेताल्चा लगाउने विद्यार्थी नेताहरुको चेतावनी

विद्यार्थी संगठनको अगुवाइमा लालिपुरको ग्वार्कुमा रहेका किष्ट मेडिकल कलेजमा अनुगमन गरेको छ । अनुगमनका क्रममा कलेज प्रशाशनबाट समन्वय नभएपछि विद्यार्थी संगठनहरुले किष्ट कलेजलाई सात दिने अल्टिमेटम सहित तालाबन्दी गर्ने चेतावनी समेत दिएका छन । तीन विद्यार्थी संगठनले काठमाडौ उपत्यकासंगै देश भरका बढि शुल्क लिने कलेजहरुमा अनुगमन थालेको हो । अनुगमनपछि विद्यार्थी नेताहरुले किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल तालाबन्दी गर्ने चेतावनी दिएका छन । विहिबार विहानै कलेजको अनुगमनमा उत्रेका विद्यार्थी संगठनका नेताहरुले सरकारले तोकेको भन्दा दोब्बर शुल्क लिएको भन्दै एक साता भित्र फिर्ता नलिए किष्ट मेडिकल कलेज तालबन्दी गर्ने चेतावनी दिएका छन । मनपरी ढंगले विद्यार्थीहरुबाट शुल्क असुल गरेको भन्दै विद्यार्थीहरु माथि भएको ज्याजति विरुद्ध आफुहरु उठेका र जसरी पनि कारबाहिको दायरामा ल्याउने अनेरास्ववियका अध्यक्ष नविना लामाले बताउनुभयो ।

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले किष्ट कलेज मापदण्ड विपरित चलेको अनुगमनका क्रममा पाइएको भन्दै एक हप्ता भित्र नसच्चिए तालाबन्दी गर्न बाध्य हुने चेतावनी दिनुभयो । मापदण्ड विपरित संचालन गरिएको सबै मेडिकल कलेज खारेज गर्न आफूहरु बाध्य हुने चेतावनी समेत दिएका छन ।
नेपाल विद्यार्थी संघका कार्यबहाक अध्यक्ष पुष्प कुमार शाहीले नेपालका अधिकांश मेडिकल कजेलहरु मनपरी रुपमा सञ्चालन भएको र त्यसको पिडा विद्यार्थीहरुले भोग्नु परेकोले विद्याथीहरुलाई न्याय दिनको लागि यो कदम चालेको बताउभुयो । सरकारले एमविविएस अध्ययनका लागि ३८ लाख ५० हजार र विडिएस अध्ययनका लागि १९ लाख २५ हजार रुपैँया शुल्क तोकि दिएको छ तर मेडिकल कलेजहरुले भने ६५ लाखसम्म शुक्ल असुल गरेको पाइएको भन्दै विद्यार्थी संगठनहरु त्यसको विरोधमा उत्रिएका हुन । उनीहरुले न्यूनतम भौतिक पूर्वाधार नभएका मेडिकल कलेज खारेज गर्न पनि सरकारलाई दवाव दिइरहेका छन । आफुहरुको माग पुरा नभएसम्म रोड नछोड्ने विद्यर्थी नेताहरुले बताएका छन ।