टान लोसार,हिमाली समुदायको संस्कृति प्रर्वदनका लागि

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानले महायानी बौद्धधर्मवम्बिहरुको महान पर्व २१४५ औ ग्याल्पो लोसारको अवसरमा संयुक्त लोसार कार्यक्रम आयोजना गर्ने भएको छ । लोसार नजिकि“दै गर्दा लोसारको पुर्वसन्ध्यामा यहि माघ २८ गते आइताबार होटल हायत रेजेन्सी बौद्ध, टुसालमा संयुक्त लोसार कार्यक्रम हुने भएको छ । विशेष गरी टे«किङ पेसामा हिमाली समुदायको सहभागीता बढि भएकोले उनीहरु सबैलाई एक साथ ल्याउन र सबै हिमाली समुदायको संस्कृतिका संरक्ष्ँण र प्रर्दशन गर्नका लागि हरेक वर्ष टानले लोसार कार्यक्रम गर्दै आएको संस्थाका महासचिव पेम्बा शेर्पाले जानकारी दिनुभयो ।

प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका अध्यक्ष्ँ पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा गोम्बु शेर्पा,मिलन लामा,महादेव त्रिपाठी लगायतका राष्ट्रिय कलकारहरुको बेजोड प्रस्तुती रहनेछ । कार्यक्रममा शेर्पा समुदायको मौलिका नृत्य श्याव्रुसंगै तामाङ समुदायको सेलो,ह्याल्मो समुदाय,मगर समुदाय,गुरुङ समुदायको सास्कृतिक नृत्य प्रस्तुत हुनेछ । सहित विभिन्न राष्ट्रिय कलकारहरुको समेत बेजोड प्रस्तुति रहने स“स्थाका महासचिव पेम्बा शेर्पाले जानकारी दिनुभएको छ ।