आयोगले आज दलहरुलाई पत्रचार गर्दे

राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसंगै निर्वाचन आयोगले आज राजनीतिक दलहरुलाई समानुपातिक समावेशी सिद्धान्त अनुसार सदस्य सिफारिसका लागि पत्राचार गर्दैछ ।

समानुपातिकतर्फको सिट बा“डफा“ड गरेर आजै सदस्य सिफारिसका लागि दलहरुलाई ५ दिनको समय सहित पत्राचार गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । अबको ७ दिनभित्र प्रतिनिधिसभाको मतपरिणाम राष्ट्रपतिलाई हस्तान्तरण गर्ने आयोगको तयारी छ । राष्ट्रियसभाको अन्तिम मतपरिणाम भने ढिलामा सात दिनभित्र बुझाइसक्ने ऐनको प्रावधान अनुसार समयसिमा मै बुझाइने प्रवक्ता ढकालले बताउनुभयो । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको मतगणना पुस २ गते नै सम्पन्न भएपनि राष्ट्रियसभा निर्वाचन सम्पन्न नभई आयोगले परिणाम सार्वजनिक गर्न अस्वीकार गरेको थियो । मतपरिणाम सम्पन्न भएको करिव दुई महिनापछि आयोगले सिट बाडफाड गर्न लागेको हो । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत पूरै देशलाई एक निर्वाचन क्षेत्र मानी दलहरुले पाएको कूल सदर मत संख्याको अनुपातमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार मत परिणाम विभाजक सूत्रका आधारमा सिट संख्या बा“डफाट गरिन्छ । आयोगसंग कूल ९५ लाख ४४ हजार ७ सय ७९ सदर मतगणना भएको तथ्याङ्क छ । एमाले र कांग्रेसबीच ४५ हजार १०५ मतको अन्तर छ । तर उपलब्ध १ सय १० सिट संख्या विभाजन गर्दा भने दुई दलको अन्तर एक सिटमात्र हुनेछ । निर्वाचनमा सहभागी ४९ दलमध्ये तीन प्रतिशतको थ्रेसहोल्ड कटाउने दल पा“च वटा मात्र छन्