शेर्पा महिला पत्रकार आरोहणको पत्रकार सम्मेलन

शेर्पा संचार समुह नेपालका निवर्तमान अध्यक्ष डोमा शेर्पाले आफ्नो सगरमाथा आरोहण गर्दै छिन । २०१८ को अप्रिलमा सगरमाथा आरोहणको क्रममा रहेको शेर्पाले यस अघि ६१८९ मिटर उचाईमा रहेको आइसल्यान्ड पिक आरोहण गरिसकेका छन । उनी शेर्पा समुदायबाट पहिलो शेर्पा महिला पत्रकार सगरमाथा आरोहणको लामो समयदेखि लागि परेका छन । २०१८ को अप्रिलमा सगरमाथा आरोहणको तयारीमा छिन ।

 

माघ २६ गते गर्न लागेको पत्रकार सम्मेलनमा सम्पूर्ण शेर्पा संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुलाई नेपाल टुरिजम बोर्ड भृकुटीमण्डपमा उपस्थित भई समाचार सम्प्रेषण गरि दिन अनुरोध गरेका छन् । शेर्पा समुदायबाट पत्रकारिता पेसामा आबद्ध रहेकी उनी सोलुखुम्बु दुधकुण्ड नगरपालिका वडा नं. २ मा जन्मेका हुन । उनी आदिबसी जनजाती युवा महासंघको महिला उपाध्यक्ष, र इन्डिजिनियस टेलिभिजनमा (हिमाली आवाज) कार्यक्रमको उत्पादक एवम् कार्यक्रम प्रस्तोताको रुपमा काम गर्दै आएको छ ।