शेर्पा समुदायबाट स्थापित साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार टुडिखेलमा वितरण गरिने

नेपाली हास्यव्यंग्य जगतका सुप्रसिद्ध कलाकार स्वर्गिय साम्दे शेर्पाले आफनो जिवनकाल भर रंगमन्च, टेलिचलचित्र र चलचित्र मार्फत हास्यव्यंग्य कला क्षेत्रको बिकासका लागि दिनुभएको योगदान र आफ्नो कलाको माध्यमद्धारा राष्ट्रमा पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दै हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले साम्दे शेर्पा स्मृति कोष बि.स. २०७२ स्थापना गरिएको थियो । स्मृति कोष मार्फत स्व. साम्दे शेर्पाद्धारा प्रकाशनमा ल्याएका कृतिहरुको अध्ययन, अनुसन्धान र पुन प्रकाशन गर्दै हास्यव्यंग्य कला क्षेत्रको बिकास तथा नेपाली कलाकारिताको महत्वलाई आम नेपालीहरु माझ दर्शाउ“दै यस क्षेत्रमा प्रवेश गर्ने कलाकारहरुलाई हौसला प्रदान गर्दै जाने साम्दे शेर्पा स्मृति कोषको पवित्र लक्ष्य सहित स्थापना गरेका हिमालयन शेर्पा सा“स्कृति केन्द्रले जनाएको छ ।संस्थाले हरेक वर्ष लोसारको अवसरमा “साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार वार्षिक रुपमा वितरण गर्दै आईरहेको छ ।

साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार वितरणको लागि कार्य विधी अनुसार एक छनोट समिति गठन गगरिसकेको छ । समिति नेपाली चलचित्र क्षेत्रको एक विज्ञको संयोजकमा साम्दे शेर्पाको परिवारबाट एक सदस्य, चलचित्र क्षेत्रबाट एक सदस्य मनोनित, हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको अध्यक्ष तथा महासचिव गरि जम्मा ५ सदस्य रहने व्यवस्था सहित साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार छनोट समितिमा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको महासचिव सदस्य सचिवमा रहने व्यवस्था छ । स्थापना काल देखि वितरण गर्दै आएको साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार यस्तो रहेका छ ।
१) साम्दे शेर्पा राष्ट्रिय पुरस्कार रु ३१,०००–⁄ (अक्षेरेपी एकतीस हजार रुपैयाँ) ट्रफी र प्रमाण पत्र
२) साम्दे शेर्पा प्रतिभ पुरस्कार रु १०,१११–⁄ (अक्षेरेपी दश हजार एक सय एघार रुपैयाँ) ट्रफी र प्रमाण पत्र
३) साम्दे शेर्पा स्मृति पुरस्कार रु १०,१११–⁄ (अक्षेरेपी दश हजार एक सय एघार रुपैयाँ) ट्रफी र प्रमाण पत्र
नेपाली चलचित्र, टेलीचलचित्र, कथानक,रंगमञ्च मार्फत हाँस्यव्यंग्य कला क्षेत्रको ऐतिहासिकता निरन्तरता, मौलिकता, सृर्जनशिलता र प्रभावकारितालाई मध्यनजर गर्दै साम्दे शेर्पा राष्ट्रिय पुरस्कार रु ३१,०००–⁄ (अक्षेरेपी एकतीस हजार रुपैयाँ) ट्रफी र प्रमाण पत्र सहित एक श्रष्टालाई सम्मानीत गरिनेछ । त्यस्तै वर्तमान हाँस्यव्यंग्य कला क्षेत्रमार्फत नेपाली मौलिकता, क्षेत्रीय कलाहरुको प्रवद्र्धन, सृर्जनशिलता र प्रभावकारितालाई मध्यनजर गर्दै साम्दे शेर्पा प्रतिभा पुरस्कार रु १०,१११–⁄ (अक्षेरेपी दश हजार एक सय एघार रुपैयाँ) ट्रफी र प्रमाण पत्र सहित एक कलाकारलाई सम्मानीत गरिनेछ । त्यसैगरि शेर्पा समुदायबाट शेर्पा जातिको भाषा, कला, संस्कृति सम्बन्धी हाँस्यव्यंग्य कला, सहित्यकला र संगितकला मार्फत टेवा पु¥याउँदै राष्ट्रिय रुपमा ख्याति कमाउन सफल एक कलाकारलाई साम्दे शेर्पा स्मृति पुरस्कार रु १०,१११–⁄ (अक्षेरेपी दश हजार एक सय एघार रुपैयाँ) ट्रफी र प्रमाण पत्र सहित सम्मानीत गरिनेछ । साम्दे शेर्पा स्मृति कोषको स्थापना पश्चात पहिलो वर्ष २०७२ सालको पुरस्कार नेपाली चलचित्र, टेलीचलचित्र, कथानक,रंगमञ्च मार्फत हाँस्यव्यंग्य कला क्षेत्रको ऐतिहासिकता निरन्तरता, मौलिकता, सृर्जनशिलता र प्रभावकारितालाई मध्यनजर गर्दै “साम्दे शेर्पा राष्ट्रिय पुरस्कार २०७२” हाँस्यव्यंग्य कला क्षेत्रमा दिनुभएको योगदनको कदर गर्दै सुविख्यात कलाकार हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ (मह जोडी), वर्तमान हाँस्यव्यंग्य कला क्षेत्रमार्फत नेपाली मौलिकता, क्षेत्रीय कलाहरुको प्रवद्र्धन, सृर्जनशिलता र प्रभावकारितालाई मध्यनजर गर्दै “साम्दे शेर्पा प्रतिभा पुरस्कार २०७२” हस्यव्यंग्य कलाकार मनोज गजुरेलज्यु र शेर्पा समुदायबाट शेर्पा जातिको भाषा, कला, संस्कृति सम्बन्धी हा“स्यव्यंग्य कला, सहित्यकला र संगितकला मार्फत टेवा पु¥याउ“दै राष्ट्रिय रुपमा ख्याति कमाउन सफल एक कलाकारलाई “साम्दे शेर्पा स्मृति पुरस्कार २०७२” हस्यव्यंग्य कलाकार पासाङ टी शेर्पालाई प्रदान गरिएको थियो । द्धोस्रो वर्ष २०७३ को साम्दे शेर्पा राष्ट्रिय पुरस्कार हा“स्यव्यंग्य क्षेत्रका कलाकार श्री बसुन्धारा बुसाल, साम्दे शेर्पा प्रतिभ पुरस्कार हाँस्यव्यंग्य कला क्षेत्रका प्रसिद्ध कलाकार श्री दीपाकराज गिरी र साम्दे शेर्पा स्मृति पुरस्कार बरिष्ठ गायक ल्हाक्पा शेर्पालाई प्रदान गरिएको थियो । साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार २०७४ को छनोट समितिको संयोजक बरिष्ठ चलचित्र कर्मी यादव खरेल र सदस्यहरु स्व. साम्दे शेर्पाको परिवारबाट माननिय पु. सभासाद वोङ्छे शेर्पा, सम्बन्धित हास्यवंग्य क्षेत्रबाट बरिष्ठ गायक ल्हाक्पा शेर्पा, हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको अध्यक्ष छिरिङ शेर्पा र महासचिव सेर्कु शेपा सदस्य सचिव रहेका छन । पुरस्कार छनोट समितिको निर्णाय अनुसार “साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार २०७४” नेपालको सम्पुर्ण महायानी बौद्ध धर्मावलम्बीहरुको राष्ट्रिय पर्व तथा नयाँ वर्ष स फो खि लो २१४५ औं ग्याल्पो लोसारको अवसरमा मिति २०७४ फागुन ३ गते टुडिखेलमा वितरण गर्ने तयारी भइरहेको संस्थाका महासचिव तथा सदस्य सचिव सेर्कु शेर्पाले जानकारी दिनुभएको छ । हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, शेर्पा समुदायको परम्परागत रितिरिवाज, भाषा, कला, संस्कृति मुल्य मान्यताहरुलाई सदैव जीवन्त राख्दै नेपालको शेर्पा समुदायको संस्कार संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ बि.स. २०४९ साल पौष २३ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई सञ्चालनमा रहेको एक मुनाफा रहित सामाजिक संस्था हो । स्थापना कालदेखि नै यस संस्थाले समुदायको भाषा, कला, संस्कार संस्कृतिको संरक्षण तथा प्रवद्र्धनको लागि विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।