तनावमा रहने पुरुषको सन्तानलाई मधुमेहको खतरा बढी

तनावग्रस्त पुरुषको सन्तानलाई मधुमेह हुने सम्भावना बढी हुने एउटा शोधले खुलासा गरेको छ।

एउटा नयाँ शोधमा विशेषज्ञहरुले तनाव हमोन्सबाट सन्तानमा हाई ब्लड सुगरको समस्या बढी गर्ने गरी शुक्राणुमा परिवर्तन गराइदिन्छ ।

वैज्ञानिकहरुका अनुसार पुरुषको अनुवांशिक कोडका साथै कयौ कारण त्यसबाट कयौ पुस्तासम्म यो क्रम चल्छ । यो अध्ययनमा शोधार्थीहरुले मुसामा प्रयोग गरेका थिए । तर, यो निष्कर्ष मानिसमा पनि लागु हुन सक्दछ ।

चीनको शांघाई जियो टांग विश्वविद्यालयका सियाओयिंग लीका अनुसार यो जान्नु निकै रोचक छ कि कसरी व्यवहारमा आएका परिवर्तनले ग्लुकोज होमियोस्टेटिसलाई प्रभावित पार्दछ ।

शोधमा वैज्ञानिकहरुले पैतृक मनोवैज्ञानिक तनावबाट मुसाको सन्तानलाई हाइपरग्लाइसेमिया (हाई ब्लड सुगर) को समस्या देखिएको थियो । यो शोध सेल मेटाबालिज्म पत्रिकामा प्रकाशित छ। एजेन्सी