यो खेती गर्दा श्रीमतीसँग किन सुत्दैनन् पुरुष ?

के गृहस्थ र ब्रह्मचर्य जीवनको कुनै मेल छ ? यो सवालको सहज उत्तर सायद छैन । तर, भारतको झारखण्डको पूर्वी सिंहभूम जिल्लाको गडाबान्दा प्रखन्डका सयौ किसान पिढियौंदेखि यसप्रकारको जिन्दगीका साथ तालमेल मिलाएर जीवन चलाइरहेका छन् ।

यो नक्सल प्रभावित क्षेत्रको तसर (रेशम) किट पालन गर्ने विवाहित किसान वर्षमा दुईपटक करिब करिब दुई महिनाका लागि ब्रहुमचारीजस्तै जीवन बिताउँछन् ।यसक्रममा उनीहरु मुख्य रुपले अर्जुन रआसनको रुखमा हुर्किरहेको रेशमका किरालाई कमिला र अन्य पन्क्षीहरुबाट बचाउँछन् ।

गुडाबान्दा प्रखण्डका अर्जुनबेडा गाउँका करिब ५० वर्षका सुरेश महतोको मौसमी ब्रह्मचार्यको दिन अब सकिन लागेको छ। उनी भन्छन्–रेशम खेतीका बेला हामी श्रीमान श्रीमती सँगै सुत्दैनौ । श्रीमतीले छुँदा पनि छुँदिनन् । उनी पनि अलग्गै रहन्छिन् र हामी पनि अलग रहन्छौ । त्यतिबेला हामी श्रीमतीले बनाएको खाना पनि खाँदैनौ । यसका पछाडिको कारणबारे सुरेश भन्छन्–हामी जे खेति गर्दछौ । यदि हामी श्रीमतीसँग सुत्यौ भने यता खेतीमा रोग लाग्नेछ । यही हो यसको नियम ।

ब्रह्मचार्यबाहेक पनि किसानहरुले अरु केही नियम पनि पालन गर्ने गरेका छन् । जस्तो कि अर्जुनबेडा गाउँकै नित्यानन्द महतो भन्छन्–किराबाट खेती बचाउन स्थान गरेर जान्छौ । खेति हेरचाहका क्रममा दिसा आए पनि दिसा गरेपछि पुनः नुहाउँछौ । किरा विमार परे भने पुजापाठ पनि गर्दछौ । र, फल (कोनुन) तयार भएपछि बाख्राको बली दिने गर्दछौ ।

रेशम खेतीका क्रममा संयमित जीवन जिउने यस्ता ‘नियम’ कहिलेबाट सुरु भयो ? यसको जवाफमा सुरेश भन्छन्–यस्तो हाम्रा हजुरबुवा गर्दथे, र उहाँका हजुरबुबाले पनि गर्नुभयो । हामी पनि गरिरहेका छौ र रुख र पो हाम्रा बालबालिका पनि छन् ।

यस क्षेत्रमा रेशम खेती गर्ने करिब करिब सबै किसान चाहे उ कुनै पनि समुदायको होस यो नियम पालना गर्दछन् । आदिवासी समुदायका मिहिर सबर अर्जुनबेडादेखि करिब तीन किलोमिटर टाढाको गाउँ धतकीडीहमा बस्छन् । उनी यस्ता किसानमध्येबाट हुन् जसको रुख गाउँभन्दा टाढा जंगलमा बढी छ।
रेशम खेतीसँग सम्बन्धित केही अरु नियमका बारेमा उनी भन्छन्–तसर (रेशम) को खेतीका बेला हामी अन्डा, माछा, मासु खाँदैनौ । जंगलमा गएर झोपडी बनाएर बस्छौ र आफ्नै हातले चुलाको काम गर्दछौ । यसबाट हामीलाई राम्रो फल प्राप्त हुन्छ ।

तर यो मान्यता अब विस्तारै टुट्दै गएको छ । धतकीडीह गाउँमा बनेको रेशम उत्पादन सह प्रशिक्षण केन्द्रमा भेटिएका दिपान्जली महतोको परिवार पनि रेशम खेती गर्दछन् । उनी भन्छन्–पहिला पुरुष आफूबाट मात्र रेशम खेती गर्दथे र महिलाहरुलाई नजिक पनि जान दिँदैन थिए। तर, अहिले महिलाहरुले पनि यो खेती गर्न सघाउन थालेका छन् सुरुमा एक दुई वर्ष पुरुषलाई बुझ्न समय लाग्यो, तर अब दुई तीन वर्षदेखि यस्तो भइरहेको छ। अब पुरुषलाई पनि लागरहेको छ कि महिलाहरुबाट पनि रेशम खेती हुन सक्छ । अब झारखण्डका पहाडी क्षेत्रमा रेशम खेतीको मौसम आगामी करिब ६ महिनापछि मनसुनमा सुरु हुनेछ ।एजेन्सी