मेलबर्नमा सप्ताहबाट संकलीत रकमले जग्गा खरीद

अष्ट्रेलीयाको मेलबर्नमा सामुदायीक केन्द्र निर्माणको लागि रकम संकलन गर्ने उदेश्यले लगाईएको सप्ताह सम्पन्न्न भएको छ । गत सोमबारदेखि सञ्चालित मेलबर्न सप्ताहमा ११ लाख अष्ट्रेलीयन डलर रकम संकलन भएको एनआरएनए अष्ट्रेलीया मेलबर्नका उपाध्यक्ष केशव कंडेलले जानकारी दिनुभयो । मेलबर्नमा रहेका नेपालीहरुको संयोजकत्वमा एएनएमसीले गरेको सप्ताहामा एकल र पारिवारिक गरी एक हजार ३२ सदस्यता वितरण गरीएको छ । नेपालको सम्पदा, र संस्कृतिलाई विश्वमाझ परीचित गराउन मेलबर्नमा कम्युनीटी सेन्टर बनाएर पशुपतिनाथ तथा बौद्ध स्तुपा लगाएतका धार्मीक मठ मन्दिर बनाउने उदेश्य रहेको बताईएको छ । सप्ताहमा पण्डित दिनबन्धु पोखरेलले पुराण वाचन गरेका थिए । सप्ताहमा भिक्टोरियाका लािग अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले सामूदायिक केन्द्र निर्माणका लागि एक लाख डलर दिने बताउनुभएको छ । यसअघि ५० हजार प्रदान गरीसक्नु भएको छ । सप्ताहमा एनहारएनएका पुर्ब अध्यक्ष शेष घले र घले पत्नी जमुना घलेले सबै भन्दा बढी २ लाख ८ हजार ८ सय ८८ अष्ट्रेलीयन डलर प्रदान गर्नु भएको छ । अहिले उठेको रकमले भवन निर्माणको लागि जग्ग खरीद गर्न पु्ग्ने बताईएको छ ।