चीनले बनायो विशेष विमान, यस्ता छन् विशेषता

चीनमा बनेको विमान एजी६०० ले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ। यो उडान एक घण्टा लामो थियो।

एजी ६०० संसारको सबैभन्दा ठुलो एम्फीबियस एयरक्राफ्ट हो । अर्थात यो जमिनका साथै पानीको सतहबाट पनि उडान भर्न सक्दछ। र, पानीमा उत्रन पनि सक्दछ । चीनको सरकारी समाचार एजेन्सी शिन्हुवाले यो विमानलाई समुद्र र द्वीपको रक्षक’ भनेको छ।

एजी६०० को नाम कुंगलोंग हो । यो दक्षिणी चिनियाँ सागरमा अमेरिकाको दावीवाला क्षेत्रको अन्तिम गन्तव्यसम्म पुग्न सक्दछ । यो विमानले पहिलो उडान दक्षिणी प्रान्त ग्वांगडुंगको जुखाई विमानस्थलबाट भरेको हो । यो विमानको क्षेमता ५० जना लिएर उड्न सक्नेछ र यो १२ घण्टासम्म हावामा रहन सक्दछ ।

यो विमान विकसित गर्न आठ वर्ष समय लागेको थियो । यसले ५३.५ टन तौल बोकेर उडन सक्छ । र, यसको विंगस्पैन अर्थात पंखाको विस्तार ३८.८ मिटरसम्म हुन सक्दछ यो विमानलाई अग्नि नियन्त्रण, समुद्री बचाउका साथै सैन्य सेवाका लागि पनि प्रयोग गर्न सकिनेछ। यसलाई दक्षिणी चिनियाँ सागरको विवादित क्षेत्रमा प्रयोग गर्न सकिनेछ ।

विमानले उडान भरेको चीनको सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेको थियो । विमानले उत्रने बेला सेनाको संगीतका बिच झण्डा हल्लाएर स्वागत गरिएको थियो । चीनले यस्ता विमान १७ वटा अर्डर दिएको छ । दक्षिण चीन सागरमा चीनको नीतिको कयौ छिमेकी मुलुकहरुले विरोध गरिरहेका छन्। विगत वर्ष संयुक्त राष्ट्र समर्थित एउटा ट्रिब्युनलले यो क्षेत्रको ठुलो हिस्सामा चीनको दावीलाई अस्वीकार गरेको थियो ।

एजी६०० ले नयाँ रेकर्डसमेत कायम गरेको छ। तर, यसअघि अर्बपति हावर्ड ह्युजको प्लाइङ्ग बोट एच–४ हरकुलसको विंगस्पैन अर्थात पंखाको फैलाव ९७.५४ मिटर थियो । यद्यपि एच–४ हरकुलसले एकपटक मात्र सन् १९४७ मा उडान भरेको थियो । जुन मात्र २६ सेकेन्डको थियो । यो अब ओरेगनको संग्रहाललयमा राखिएको छ। एजेन्सी