राति एक्लो भएको मौका छोपेर महिलालाई करणी गर्न खोज्ने युवक पक्राउ

नुवाकोट । गाउँकै एक महिलालाई जर्वजस्ती करणी गर्न खोजेको अभियोगमा तादी गाउँपालिकाका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले तादी गाउँ पालिका ६ नर्जाका २२ वर्षिय मनकुमार दर्जी विरुद्ध जिल्ला अदालत नुवाकोटमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान प्रकृया अघि बढाएको छ ।

प्रहरीका अनुसार दर्जीले पुस २ गते राती १० वजेको समयमा तादी गाउँ पालिका ६ नर्जाकै ३२ वर्षिया नर्जा जि ( नाम परिवर्तन) को घरमा प्रवेश गरी जर्वजस्ती करणी गर्ने प्रयास गरेका थिए । उक्त दिन नर्जा जिको घरमा कोही नभएको मौका पारी उनलाई समातेर लडाउन खोजेपछि नर्जा जिले हारगुहार गरेको र तत्काल स्थानीयहरु उपस्थित भएपछि उनी बलात्कृत हुनवाट जोगिएकी थिइन् ।

पीडित नर्जाजीको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय खरानीटारवाट खटिएको प्रहरी टोलीले वलात्कार आरोपी दर्जीलाई पुष ६ गते पक्राउ गरेको थियो ।

पक्राउ परेका दर्जीलाई जिल्ला अदालत नुवाकोटमा जर्वजस्ती करणी उद्योग अन्तर्गत मुद्धा दायर गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।