विचित्रको जागिरः दुई महिना लगातार सुतेको १६ हजार युरो तलब !

ढाडको बलमा सुतिरहनु, यसको बदलामा १६ हजार युरो पाइनेछ । यो जागिर सुन्दा जति सजिलो छ, गर्न त्यति नै मुश्किल पनि छ।

फ्रान्सको इन्स्टिच्युट फर स्पेस मेडिसिन एण्ड साइकोलजी माइक्रोग्रैभिटीको असरको अध्ययन गर्न चाहन्छ । यो शोधका लागि संस्थालाई केही स्वस्थ युवा आवश्यक छ। चयन भएका युवाहरुले दुई महिना लगातार ढाडको बलमा सुतिरहनुपर्नेछ । यसको बदलामा उनीहरुले १६ हजार युरो पाउने छन् ।

तर चयन प्रक्रियासम्म पुग्नका लागि केही सर्तमा राखिएको छ । उम्मेदवार पुरुष हुनुपर्नेछ, जो पूर्णरुपमा फिट र एथलेटिक हुनुपर्ने छ। उनीहरु उमेर २० देखि ४५ वर्षबीचको हुनुपर्नेछ । उनीहरुमा कुनै एलर्जी हुनुहुने छैन र अधिकतम मासुको बडी इन्डेक्स २२ देखि २७ बिचको हुनुपर्नेछ । धुम्रपान गर्नेलाई यहाँ कुनै स्थान छैन ।

अध्ययनका लागि जम्मा २४ जनालाई चुनिने छन् । दुई मिहना ओछ्यानमा बिताएपछि पहिला उनीहरुको मेडिकल टेस्ट हुनेछ । स्थानीय संचार माध्यमका अनुसार पहिलो दुई साता वैज्ञानिकहरुले कयौ प्रकार टेस्ट गर्ने छन् । यसक्रममा कयौ प्रकारका नमूना पनि लिइनेछ । अध्ययनसँग सम्बन्धित डाक्टर अर्नो बेकका अनुसार –यसपछि ६० दिनसम्म उनीहरु ओछ्यानमा रहनुपर्नेछ ।यसक्रममा उनीहरु ६ डिग्रीभन्दा केही कम एंगलमा तल झुकिरहनुपर्नेछ ।

बेकका अनुसार यसको बदलामा १६ हजार युरो दिइनेछ । यो सुन्दा निकै सजिलो लाग्छ । टेस्टका क्रममा सहभागीहरुमा सबै कुरा सुतेकै अवस्थामा गरिनेछ । यहाँसम्मकी शौच पनि सुतेरै गर्नुपर्नेछ ।

यो प्रयोगको माध्यमबाट वैज्ञानिकहरु यो जान्न चाहन्छन् कि अन्तर्राष्ट्रिय स्पेसमा निकै लामो समयसम्म भारहीनताको अनुभव गर्दा मानिसको शरीरमा कस्तो परिवर्तन आउनेछ । यो परिवर्तन पत्ता लगाएपछि त्यसको सामना गर्ने तरिका खोजिनेछ ।

बेकका अनुसार प्रयोगका क्रममा सहभागीहरुलाई पनि त्यस्तै अनुभव हुनेछ, जस्तो लामो समयसम्म अन्तरिक्षामा रहने यात्रुहरुलाई हुनेछ । उनीहरुको मांसपेशीहरु विघटित हुन थाल्नेछ । हड्डीहरुको घनत्व गिर्न लाग्नेछ । पछि उनीहरुलाई उभिन पनि समस्या हुनेछ ।६० दिनको अध्ययनपछि सहभागीहरुलाई दुई सातासम्म परीक्षणमा गुजार्नुपर्नेछ ।एजेन्सी