महिला र पुरुष कस्तो किस रुचाउँछन् ?

आफ्नो पार्टनरलाई किस गर्ने विषयमा कयौ प्रकारका अध्ययन भएका छन्, जसमा किस गर्दा व्यक्तिमा यौन क्षमता बढ्नेसम्मका तथ्य पत्ता लागेका छन् ।
तर, एउटा नयाँ अध्ययनले नयाँ खुलासा गरेको छ । नयाँ अध्ययन अनुसार किस गर्ने बेला जोडीहरु विशेषगरी पुरुष यसकारण कन्फ्युज्ड रहने गर्दछन् कि किस गर्ने बेला टाउको झुकाउने हो ।
युनिभर्सिटी अफ ढाका बाथ र स्पाले संयुक्त रुपमा गरेको अध्ययनमा यस्तो परिणाम आएको हो । अध्ययनका अनुसार अधिकांश पुरुष सिधा हाततर्फ टाउको झुकाएर किस गर्ने गर्दछन् ।
यो अध्ययन बंगलादेशमा गरिएको हो । जसमा ४८ जोडीलाई समावेश गरिएको थियो । यी जोडीहरु सार्वजनिक स्थलमा किस गर्न लजाउँथे । त्यसैले उनीहरुलाई घरमा अलगअलग कोठामा किस गराइयो ।
साइन्टिफिक रिसर्च नामको जर्नलमा प्रकाशित यो अध्ययनको रिपोर्टअनुसार महिलाहरुको तुलनामा पुरुष १५ प्रतिशत बढी किस गर्न तयार रहन्छन् । साथै किस गर्ने बेला महिला र पुरुष दुवै सिधा हात टाउका झुकाउन दबाव सिर्जना गर्ने गर्दछन् ।
युनिभर्सिटी अफ ढाकाको साइकोलजी विभागका डाक्टर रेजाम करिम भन्छन्–पुरुष र महिलाका बिच किस गर्ने सुरुवात बताउने यही एक मात्र रिसर्च हो । यो रिसर्चमा यो कुरा पनि थाहा भएको छ कि ७९ प्रतिशत पटक पुरुष किसको सुरुवात गर्दछन् । यही उनीहरु आफ्नो टाउको सिधा हाततर्फ झुकाएर किस गर्दछन् । त्यसकारण पार्टनरले पनि त्यही दिशामा टाउको झुकाउनुपर्ने हुन्छ ताकि कुनै पनि प्रकारको असुविधाबाट बच्न सकियोस् । अध्ययनअनुसार दुई तिहाई मानिस सिर्धा हाततर्फ टाउको झुकाएर किस गर्न रुचाउँछन् ।
डाक्टर करिम भन्छन्–बंगलादेशमा सार्वजनिक स्थलमा किस गर्न सम्भव छैन । बंगलादेशमा टेलिभिजनमा पनि रोक छ । यस्तो अवस्थामा अध्ययन अझ महत्वपूर्ण हुन्छ ।
युनिभर्सिटी अफ बाथका डाक्टर माइकल भन्छन्–रिसर्चबाट थाहा हुन्छ कि भलै हाम्रा सामाजिक मूल्य र मान्यताहरु अलगअलग छन् । तैपनि हामी सबै मानिस एकैजस्तो व्यवहार गर्दछौ । साथै अध्ययनबाट दिमागको भावनात्मक हिस्सालाई पपिन बुझ्न सकिन्छ । एजेन्सी