सोनिकाको नृत्यमा युवाहरुको वान्स मोर

पौष ४ बाट स्ट्रिट कन्सर्ट थालनी गरेको ‘ह्याप्पी न्यू इयर’ टिमले चितवनको नारायणघटमा आफ्नो प्रस्तुति दिएको छ । पारस बसपार्कमा गरिएको कार्यक्रममा थुप्रै दर्शक उपस्थित भएका थिए ।नायक कुशल थापा र मोडल सोनिका रोकायले चितवनवासी दर्शकलाई आइटम गीतमा नृत्य गर्दै मनोरञ्जन दिए ।यता कार्यक्रममा गायक विनोद ढकालले ‘बाजेले गीतार बजाको’ , ‘उकालीमा पनि हजुर’, ‘वनमा फूल्यो फूल’ लगायतका गीत गाएर स्टेज तताए ।मोडल तथा डान्सर सोनिकाको नृत्यमा युवाहरुको वान्स मोर आइरह्यो ।

यहि पौष १४ गते चलचित्र ‘ह्याप्पी न्यू इयर’ रिलिज हुँदैछ । देवकुमार श्रेष्ठ निर्देशित त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको प्रमुख भूमिका छ ।चलचित्र यूनिटले यस अगाडि हेटौडामा कन्सर्ट गरेको थियो । यस पश्चात बुटवल, पोखरा र काठमाडौंमा कन्सर्ट गरिनेछ ।