ग्यास आगलागी छानविन समिति गठन

काठमाडौ ।एलपी ग्यास उद्योग संघले वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागी सम्बन्धी छानविन गर्न पाँच सदस्यीय समिति गठन भएको छ ।

संघको बुधबार काठमाडौमा बसेको आकस्मीक बैठकले आगलागीबाट भएको दुर्घटनाका कारण छानविन गरि प्रतिवदेन बुझाउन संघका निवर्तमान अध्यक्ष शिव घिमिरको संयोजकत्मा पाच सदस्यीय समिती गठन गरेको हो ।

समितिमा संघका सदस्यहरु कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जन रहेका छन् । छानविन समितिलाई पाँच दिनको म्याद दिइएको छ । १० करोड भन्दा बढी लगानीमा सुरु भएको उद्योगमा ग्यास बुलेटबाट आगजनी सुरु भएको अनुमान गरिएको छ । ग्यास अनलोड गर्ने क्रममा गाडीमा स्पार्क भइ आगलागी भएको हुन सक्ने संघका अध्यक्ष गोकुल भण्डारीले बताउनुभयो ।

सुपर ग्यास उद्योगमा विहान पौने छ बजे आगो लागेको थियो ।