एमाले-कांग्रेसबीच विवाद: राष्ट्रियसभा निर्वाचन अन्योल, एकल संक्रमणीय कि बहुमतीय

काठमाडौ । एमाले र नेपाली कांग्रेसबीच निर्वाचन प्रणालीबारे विवाद उत्पन्न हुँदा राष्ट्रियसभा गठनमा अन्योल देखिएको छ ।

एमाले बहुमतीय र कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीमार्फत चुनाव हुनुपर्ने पक्षमा छन् ।

बहुमतीय प्रणालीमार्फत निर्वाचन भए राष्ट्रिसभाका ५६ सदस्यमध्य वामपन्थी गठबन्धनले ४८ सिट र मधेसी दलको गठबन्धनले ८ सिट जित्ने सम्भावना रहन्छ ।

यो अवस्थामा राष्ट्रियसभामा कांग्रेस शुन्य पनि हुन सक्छ । प्रदेश २ मा मधेस गठबन्धन र अनय प्रदेशमा बाम गबठन्धनले जित्ने सम्भावना छ ।नागरिकमा खबर छ ।